तनहुँका व्यवसायी भन्छन्,‘हाम्रो ज्यान जोखिममा छ, खोप दिइयोस्’

  • ख-
  • ख+

दमौलीः तनहुँका व्यवसायीले खोप अभावमा आफूहरुको ज्यान जोखिममा रहेको भन्दै व्यवस्था गर्न प्रशासनको ध्यानाकर्षण गराएका छन् ।

व्यवसायीको छाता संस्था तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठको नेतृत्वमा गएका व्यवसायीले प्रमुख जिल्ला अधिकारी सागर आचार्यलाई पत्र बुझाउँदै कोभिड संकटको विषम परिस्थितिमा ज्यान जोखिम राखी व्यवसाय सञ्चालन गर्नुपरेको भन्दै खोपको व्यवस्था गर्न माग गरेका हुन् ।

अध्यक्ष श्रेष्ठले अधिकांश व्यापार व्यवसाय सञ्चालनमा आएको अवस्थामा खोप नदिइंदा धेरैको ज्यान जोखिममा परेको बताए ।नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य एवं तनहुँ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष देवकुमार श्रेष्ठले व्यवसायी जोगाउनु राज्यको दायित्व भन्दै खोप दिए मात्र उनीहरुको ज्यान बच्ने बताए ।


कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश सदस्य एवं तनहुँ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष मंगलप्रसाद श्रेष्ठ, तनहुँ उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष ईमकुमार मल्ल, कोषाध्यक्ष दिनेशकुमार श्रेष्ठ, महिला उद्यमी विकास समितिका सभापति शकुन्तला आले, तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार एकाई समितिका सभापति भूपाल आले, तनहुँ उद्योग वाणिज्य संघका कार्यकारी सचिव सीता गुरूङलगायतको उपस्थिती कार्यक्रममा रहेको संघका प्रशासन सहायक विनोदकुमार गोशलीले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी