ओली नभएको भए सबैले भ्याक्सिन पाउँथे, अब कांग्रेसले ल्याउँछः भट्टराई

  • ख-
  • ख+

आँबुखैरेनीः नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले केपी ओलीको नेतृत्व नभएको भए देशले खोप पाइसक्ने बताएका छन् ।

जनता कोरोना संक्रमणका कारण मरिरहेका बेला तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले बेसार पानीमा जोड दिएकाले अहिले देशमा कोभिडविरुद्धको खोप अभियानले गति नै लिन नसकेको भन्दै उनले अब कांग्रेसको नेतृत्वले सबै नागरिकलाई खोप दिलाउने बताए ।

‘जनता खोप नपाएर मरिरहँदा उहाँ बेसार पानी खानुपर्छ भन्दै हुनुहुन्थ्यो,’ आँबुखैरेनीमा आयोजित वडा कार्यालय उद्घाटनमा बोल्दै उनले भने,‘यदि हाम्रो नेतृत्व भएको भए पहिल्यै खोप ल्याईसक्थ्यौं ।’

उनले अब सारा संयन्त्र प्रयोग गरेर कांग्रेस नेतृत्वको सरकारले खोप खरिद गर्ने भन्दै आवश्यक सबै बजेट विनियोजन भैसकेको जानकारी दिए ।

कांग्रेसको नेतृत्वमा गाउँ अब झनै बलियो
कांग्रेसको नेतृत्वमा भएको विकेन्द्रीकरण र संघीयताका कारण अहिले गाउँ गाउँमा विकास भएको भन्दै उनले अबको चुनावमा विजयी भए झनै विकास हुने बताए ।


‘कम्युनिष्ट सरकार आए पछि भोकै बस्नु पर्दैन, सुकुम्बासी हुँदैन अनि सबै धनी बन्छन् भनिएको थियो । तर कम्युनिष्ट सत्ता आए पछि पनि केही परिवर्तन हुन सकेन,’ उनले भने,‘परिवर्तन अब हाम्रो नेतृत्वमा हुनेछ ।’

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी