आँबुखैरेनी ४ को वडा कार्यालयको पूर्व मन्त्री भण्डारीबाट उद्घाटन

  • ख-
  • ख+

आँबुखैरेनीः आँबुखैरेनी वडा नम्बर ४ को वडा कार्यालय भवनको पूर्व मन्त्री एवं कांग्रेस केन्द्रीय सदस्य शंकर भण्डारीले उद्घाटन गरेका छन् ।

५२ लाख ४१ ह्जारमा निर्माण सम्पन्न भवनको उद्घाटन गर्दै उनले गाउँपालिकाले विकासमा प्रगति गरिरहेको बताए । उनले कांग्रेसको नेतृत्वमा विकासले गति लिइरहेको भन्दै आगामी दिनमा पनि थप विकास हुने अपेक्षा गरे । गाउँपालिकाले उदाहरणीय विकास गरेको उनको भनाई छ ।

भिजन निर्माण सेवाले निर्माण गरेको भवन उद्घाटन कार्यक्रममा कांग्रेसका अर्का केन्द्रीय सदस्य गोविन्द भट्टराईले विकेन्द्रीकरण र संघीयता काँग्रेसकै कारण सफल भएको भन्दै अब झन विकास हुने बताए ।

उनले चुनावमा कांग्रेस बलियो शक्ति बन्ने र विकासले गति पाउने बताए ।
गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाले गाउँ र सहर दुवै क्षेत्रमा समानुपातिक विकास अघि बढाइरहेको बताए ।

गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत विष्णुप्रसाद पोखरेलले २०७७ साल जेठमा सम्झौता भएर चैत्रमा भवन सम्पन्न भएकोा भन्दै धेरै वडामा आफ्नै कार्यालय बनाउने योजनामा गाउँपालिका लागेको बताए ।

कार्यक्रममा कांग्रेस नेताहरु आनन्दराज त्रिपाठी, रामचन्द्र अधिकारीलगायतले पनि बोलेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी