पाटन खानेपानीद्वारा तीन महिनाको महसुल छुट

  • ख-
  • ख+

पाटन: खानेपानी तथा सरसफाई उपभोक्ता समितिले आफ्ना उपभोक्तालाई बन्दाबन्दीको तीन महिनाको पानी महसुल छुट दिएको छ ।

आशागुरी खोल्सी धारा खोला मूल खानेपानी तथा सरसफाई उपभोक्ता समिति व्यास–५ बेनीपाटनले तीन महिनाको महसुल छुट दिएको हो । आफ्ना एक सय २८ धारा उपभोक्तालाई बैशाख, जेठ र असार तीन महिनाको महसुल छुट दिएको उपभोक्ता समितिका अध्यक्ष परशुराम गिरीले बताए ।

उपभोक्ता समितिले हालको प्रस्तावित परासर माविलाई शुरुदेखि नै निःशुल्क पानी उपलब्ध गराएको छ । करिब एक महिनामा २५ हजारका दरले टोलका उपभोक्तालाई तीन महिनाको ७५ हजार बराबरको महसुल छुट दिलाएको छ ।

   उपभोक्ता समिति, सल्लाहकार समिति, लेखा समिति, छिमेकी वेतेनी टोल विकास समितिका अध्यक्ष समेतको संयुक्त बैठकले तीन महिनाको महसुल छुट दिने निर्णय गरेको हो । उपभोक्ता समितिले पानीको महसुल नतिर्ने उपभोक्ताको पानी लाईन काटि दिएका उदाहरण धेरै छन् । 

पानी धारामा नै नआए पनि न्यूनतम महसुल उठाउने चलन भएका बेला पाटन क्षेत्रका एक २८ धारा उपभोक्ताले भने आशागुरी खोल्सी धारा खोला मूल खानेपानी तथा सरसफाई उपभोक्ता समिति व्यास–५ वेनीपाटनबाट बन्दाबन्दीको तीन महिना अवधिको पानी महसुल छुट दिने निर्णयको खुलेर प्रसंसा गरेका छन् । 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी