
काठमाडौंः कांग्रेसको नेतृत्वमा विपक्षी सरकार गठन भएको भोलिपल्टै गठबन्धनका एक मुख्य घटक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र कम्युनिष्ट पार्टी महासचिव नेत्रविक्रम चन्दबीच भेटवार्ता भएको छ ।
प्रचण्ड निवासमा भएको भेटवार्तामा छलफलका विषय मुख्य रुपमा नखुलाइए पनि पार्टीबीच भावी सम्भावित सहकार्य र सरकारसँग भएका सम्झौता कार्यान्वयन आदिका विषयमा छलफल भएको बुझिएको छ ।
माओवादी समेत सहभागी सरकार बनेको भोलिपल्टै पूर्व माओवादी नेता विप्लव र प्रचण्डको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।