
दमौलीः तनहुँ प्रशासनले आज निषेधाज्ञा आदेश जारी गरेको छ । यस अघि जिल्ला कोभिड संकट व्यवस्थापन समितिको सिफारिसको आधारमा जोखिम अझै कम नभएको भन्दै साउन १० गतेसम्म निषेधाज्ञा जारी गरेको प्रशासनले यस अघि सिफारिस भएजस्तै गरी निषेधाज्ञा आदेश दिएको हो ।
प्रमुख जिल्ला अधिकारी सागर आचार्यद्वारा जारी आदेशमा अब जोर बिजोर प्रणालीबाट यातायात बिहान ६ देखि साँझ ६ बजेसम्म चलाउन सकिने उल्लेख छ ।

यसैगरी निषेधाज्ञामा रेष्टुरेन्टलाई उल्लेख नगरिएकाले यस अघि सिफारिस भएजस्तै गरी बिहान नौ देखि दिउँसो ३ बजेसम्म रेष्टुरेन्ट चल्न पाउने कुरालाई शब्द प्रयोग नभए पनि आदेशले समेटेको छ ।

आदेशमा बिहान पाँच देखि ११ बजेसम्म अत्यावश्यक सेवाहरु फलफूल तथा कृषिजन्य उपज बिक्रीका लागि तोकिएको छ ।