गण्डकी बजेटः एमालेको निरन्तर अवरोध

  • ख-
  • ख+

पोखराः गण्डकी सरकारले प्रस्तुत गरेको बजेट पापिरत प्रक्रियामा विपक्षी दल एमालेले अवरोध गरे पछि प्रदेश संसद बैठक अवरुद्ध भएको छ ।

छलफलका लागि टेबुल भएको २०७८÷२०७९ को प्रस्तावित बजेटमा निरन्तर विरोध गर्दै आएको एमालेले सञ्याउन भन्दै मुख्यमन्त्रीलाई १० बुँदे ध्यानाकर्षण पत्र पनि बुझाएको छ । एमालेले नयाँ सरकारको स्वेतपत्रलाई झुटको पुलिन्दा पनि भनेको छ ।


अघिल्लो सरकारले गण्डकी प्रदेशका अति दुर्गम क्षेत्र भनी बजेट छुट्याउने गरेपनि नयाँ सरकारले दुर्गम र पिछडिएको क्षेत्रको बजेट कट्टा गरेको, बिभिन्न मन्त्रालयमा योजना उल्लेख नगरी बजेट एकमुष्ट राखिएको, वार्षिक विकास कार्यक्रम नीति कार्यक्रम र बजेट बक्तव्यभन्दा फरक परेकोले सोही अनुसार समायोजन गर्न माग गरिएको छ ।


बुधबारको बैठकमा बजेटमाथि छलफलको कार्यसूचि रहे पनि एमाले सांसदले अवरोध गरे पछि पारित हुन नसकेको हो । विपक्षीले बजेट पारित हुन नदिने नीति लिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी