लायन्स म्याग्देद्वारा मीन माविमा वृक्षारोपण

  • ख-
  • ख+

दमौलीः लायन्स क्लब अफ तनहुँ म्याग्देले मीन माविमा वृक्षारोपण गरेको छ । वर्ष २०२१÷२२ को पहिलो कार्यक्रम अन्तर्गत वृक्षारोपण गरिएको क्लबका निवर्तमान अध्यक्ष भीमलाल श्रेष्ठले जानकारी दिए ।


लायन्स १४ का कलस्टर प्रमुख सन्तोष घिमिरेको प्रमुख आतिथ्यमा म्याग्दे ४ थर्पूस्थित विद्यालय प्रागणमा वृक्षारोपण गरिएको क्लबले जनाएको छ । त्यसक्रममा आँप, लिचि, तेजपत्तालगायत ३० बढी बिरुवा रोपण गरिएको क्लबका अध्यक्ष सुरेन्द्र अधिकारीले बताए ।


कार्यक्रममा रिजन चेयर पर्सन प्रदीप थापा, जोन चियरपर्सन बरदान थापा लगायत अतिथिको उपस्थितीमा क्लबका पदाधिकारीले वृक्षारोपण गरेको क्लबले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी