विश्व नेपाली साहित्य प्रतिष्ठान तनहुँमा दिवाकर

  • ख-
  • ख
  • ख+

दमौलीः विश्व नेपाली साहित्य प्रतिष्ठान तनहुँको अध्यक्षमा सञ्चारकर्मी एवं साहित्यकार दिवाकर भट्टराई सर्वसम्मत रुपमा चयन भएका छन् ।
२०८ औं भानु जयन्तीको अवसरमा विश्व नेपाली साहित्य प्रतिष्ठान, गण्डकी प्रदेशको संयोजनमा सम्पन्न तनहुँ शाखाको प्रथम भर्चुअल मार्फत दिवाकर भट्टराईको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयन गरिएको छ । भट्टराईले दमौली एफएममा डेढ दशकयता साहित्यिक कार्यक्रम सञ्चालन गर्दै आएरहेका छन् ।

कार्यसमिति उपाध्यक्षमा संगम सापकोटा(देवघाट गाँ. पा.),सचिव कल्पना घिमिरे (रिसिङ गा.पा.), कोषाध्यक्ष रामचन्द्र पौडेल( भिमाद न.पा),सह सचिवमा जुना खड्का(शुक्लागण्डकी न. पा.), सदस्यहरूमा लक्ष्मी तिम्सिना (व्यास न.पा.), अमरराज नहर्की(बन्दीपुर गा. पा.), अञ्जना तिम्सिना(भानु न.पा.) र संदेश घिमिरे( म्याग्दे गा.पा.)चयन भएका छन् ।


यसैगरी सल्लाहकारमा आकाश अधिकारी र शिव आर्य चयन भएका छन् । कार्यक्रम विश्व नेपाली साहित्य प्रतिष्ठानका केन्द्रीय अध्यक्ष जनार्दन अधिकारी धड्कनको प्रमुख आथित्यतामा प्रस्तावित विनेसाप्र जिल्ला समिति तनहुँ अध्यक्ष दिवाकर भट्टराईको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।


विनेसाप्र केन्द्रीय अध्यक्ष जनार्दन अधिकारी धड्कनले नेपाली भाषा साहित्यको विकासका लागि नेपालबाट सुरूवात भएको यो अन्तर्राष्ट्रिय अभियानले नेपाली भाषा साहित्यको विकासका लागि महत्त्वपूर्ण भुमिका खेल्ने बताए । त्यस्तै, संस्थाले विश्वभरिका नेपाली स्रष्टाहरुको पहिचानको लागि कार्य गर्ने समेत बताए ।


विनेसाप्र गण्डकी प्रदेश अध्यक्ष लक्ष्मीप्रसाद मिश्रले प्रतिष्ठानले देशका सबै प्रदेशका स्रष्टाहरुको अभिलेख राख्न आवश्यक भएको र त्यसको लागि गण्डकी प्रदेश लागि पर्ने जस्को लागि जिल्ला समितिले पहल गर्नुपर्ने बताए । उनले स्रष्टा परिचयपत्र आवश्यक रहेको कुराको समेत जिकिर गरे ।


त्यस्तै, विनेसाप्र विदेश विभाग प्रमुख खगेन्द्र बस्यालले संस्थाको विदेश विभाग गठनको क्रममा रहेकोेले गैरआवसीय नेपाली स्रष्टाहरु अभियानमा जोडिन आव्हान गरे ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्