
काठमाडौंः प्रधानमन्त्री नियुक्त भएको केही घण्टामै नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले चैत्रभित्र सबै नागरिकलाई कोभिडविरुद्धको खोप दिने निर्णय गराएका छन् ।
राष्ट्रपतिबाट सपथ पाएको केहीबेरमै बसेको मन्त्रिपरिषदको पहिलो बैठकले महत्वपूर्ण निर्णय गरेको हो ।
बैठकबाट प्रवक्ता तोकिएका कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले असोज महिनाभित्र एक तिहाइ र चैतभित्र सम्पूर्ण नेपालीलाई खोप लगाउने निर्णय भएको जानकारी दिए ।
मन्त्रिपरिषद् बैठकले कार्कीलाई सरकारको प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको हो।