भाषा सच्चिएपछि देउवाद्वारा ४३ औँ प्रधानमन्त्रीको सपथ

  • ख-
  • ख+

काठमाडौं : राष्ट्रपतिको कार्यालयले नियुक्तिको भाषा सच्याएपछि नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको सपथ लिएका छन् । उनी मुलुकको ४३औँ प्रधानमन्त्री बनेका छन्।

राष्ट्रपति भण्डारीले मंगलबार नै देउवालाई प्रधानमन्त्री नियुक्त गरेकी थिइन्।

गत सोमबार संविधानको धारा ७६ (५) अनुसार देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो।

राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा सर्वोच्च अदालतको परमादेशअनुसार देउवालाई प्रधानमन्त्री नियुक्त गरिएको बेहोरा उल्लेख छ । सर्वोच्च अदालतको संवैधानिक इजलासले संविधानको धारा ७६ (५) अनुसार देउवालाई प्रधानमन्त्री नियुक्त गर्न आदेश दिएको थियो।


पछि राष्ट्रपतिले सर्वोच्च अदालतको फैसलाका साथै संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्त भएको उल्लेख गरेपछि देउवाले शपथ लिएका हुन् । यससँगै निवर्तमान प्रधानमन्त्री केपी ओली तीन वर्ष चार महिना २५ दिन सत्तामा बसेर बहिर्गमित भएका छन्।

नवनियुक्त प्रधानमन्त्री देउवाले मंगलबार नै मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले आफ्नै दल कांग्रेसबाट बालकृष्ण खाँणलाई गृह र ज्ञानेन्द्रबहादुर कार्की कानुन न्याय तथा संसदीय मामिलामन्त्री नियुक्त गरेका छन् ।

सत्ता साझेदार नेकपा माओवादी केन्द्रबाट जनार्दन शर्मा अर्थ र पम्फा भुसाल ऊर्जा, जलस्रोत तथा सिञ्चाइ मन्त्री नियुक्त गरेका छन् । चारै मन्त्रीले राष्ट्रपति समक्ष शपथ लिएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी