आदिकवि क्याम्पसले मनायो भानु जयन्ती

  • ख-
  • ख+

दमौलीः आदिकवि भानुभक्त क्याम्पसमा २०८ औ भानु जयन्ती मनाइएको छ ।
अवसरमा क्याम्पसमा कृयाशिल भाषा, साहित्य, कला र सस्कृति प्रेमी विधाथीहरुको साझा सस्था आदिकवि नेपाली सिर्जनशील मञ्चको आयोजनामा कविता वाचन तथा क्याम्पस प्राङ्गणमा स्थापना गरिएको भानुभक्त आचार्यको अर्धकदको शालिकमा माल्यार्पण कार्यक्रम गरिएको थियो।


कार्यक्रमका प्रमुख अतिथि एवं सञ्चालक समितिका अध्यक्ष ब्रहमदत्त तिमिल्सिनाले नेपाली जातीय एकता, राष्ट्रिय पहिचान र नेपाली सांस्कृतिक चेतना जगाउन र राष्ट्रिय संस्कृतिलाई बलियो बनाउनमा भानुभक्तको ऐतिहासिक योगदान रहेको र भानुभक्त ऐतिहासिक व्यक्ति भएको बताए ।


मञ्चका अध्यक्ष विद्यार्थी सागर पाण्डेले यस वर्ष पनि विगत वर्ष जस्तै कोरोना भाइरसको सङ्क्रमण फैलन सक्ने भएकाले भौतिक दूरी कायम गरेर गरेर सिमित व्याक्तिको उपस्थितिमा कार्यक्रम गरिएको बताए ।कार्यक्रममा व्यवस्थापन समितिका उपाध्यक्ष बुद्धिमान श्रेष्ठ र सदस्य दिल बहादुर दरैको पनि उपस्थिति रहेको थियो ।

कार्यक्रममा क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले सरल नेपाली भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवाद सहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपाली जनतालाई ठूलो गुन लगाएको र उनले लेखेको रामायण अहिले पनि नेपालीको घर–घरमा लयसाथ पाठ गरिने बताए ।


सहायक क्याम्पस प्रमुख डा रामकुमार अधिकारीले पृथ्वीनारायण शाहले भौगोलिक रूपमा देशको भुमिको एकीकरण गरेको नेपाललाई आदिकवि भानुभक्त आचार्यले भाषा, साहित्य र संस्कृतिमार्फत नेपाल राज्यको एकीकरण गरेको उल्लेख गरे ।

    कार्यक्रममा नेपाली विषयकी प्राध्यापक नारायणी अधिकारीले भानुक्तिय रामायणका श्लोक तथा आफ्नो भानुभक्त आचार्य सम्बन्धि कविता वाचन गरेकी थिइन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी