खोप कार्यक्रमः तनहुँमा आठ हजारलाई भेरोसिल ( कस्ता कस्तालाई खोप ? )

  • ख-
  • ख+

दमौलीः तनहुँका आठ हजार नागरिकलाई खोप दिइने भएको छ ।

सरकारले बनाएको पछिल्लो मापदण्डका आधारमा ५५ वर्ष माथिका खोप लगाउन बाँकी सबै नागरिकसहित प्राथमिकता प्राप्त क्षेत्रका व्यक्तिहरुलाई खोप लगाउने तयारी सकिएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।


कार्यालयका प्रमुख शंकरबाबु अधिकारीका अनुसार जिल्लामा आठ हजार नागरिकलाई पुग्ने गरी खोप आइसकेको छ । एक परिमाणको खोप दुई जनालाई लगाउन मिल्ने भएकाले भेरोसेल खोपको चार हजार मात्राबाट आठ हजार नागरिक लाभान्वित हुने उनले बताए ।


कार्यालयले सबै तहमा भोलिबाट खोप लगाउने गरी ढुवानीको व्यवस्था समेत गरेको जनाएको छ । सोही अनुसार जिल्लाभरका स्थानीय तहले नागरिकलाई खोप लगाउन सूचना जारी गरेका छन् । दुई दिनभित्र सक्ने गरी खोप वितरण गरिने प्रमुख अधिकारीले बताए ।


कस्ता कस्तालाई खोप ?
सरकारले तय गरेको पछिल्लो मापदण्डअनुसार निम्न नागरिकले खोप लगाउन पाउने जनाइएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी