अन्ततः देउवा प्रधानमन्त्री नियुक्त

  • ख-
  • ख+

काठमाडौं : विभिन्न आशंका र उपशंकाकाबीच नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पाँचौं पटक प्रधानमन्त्री नियुक्त भएका छन् ।

सर्वोच्च अदालतले संसद विघटनसम्बन्धी मुद्दामा निवेदकका पक्षमा फैसला सुनाउँदै २८ घण्टाभित्र प्रधानमन्त्री नियुक्तिका लागि आदेश दिए पछि देउवालाई राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् ।

सर्वोच्च अदालतले मंगलबार अपरान्ह ५ बजेसम्म देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो।

राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीका अनुसार सर्वोच्च अदालतको परमादेश अनुसार राष्ट्रपतिले मंगलबार दिउँसो देउवालाई प्रधानमन्त्री नियुक्त गरेको ले जानकारी दिए।

शपथ ग्रहण साँझ ६ बजेका लागि तोकिएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी