भानु जयन्तीमा म्याग्दे साहित्य समाजको श्रष्टा सम्मान तथा स्मारिका लाेकार्पण

  • ख-
  • ख+

म्याग्दे : म्याग्दे साहित्य समाजले २०८ अाैं भानु जयन्तीको अवसर पारि स्मारिका लाेकार्पण तथा श्रष्टा सम्मान कार्यक्रम गरेको छ । असार २८ गते म्याग्दे गाउँपालिकाकाे धयेंरेमा अायाेजित कार्यक्रमकाे प्रमुख अतिथिका रूपमा म्याग्दे गाउँपालिकाका अध्यक्ष मायादेवी राना रहेकि थिईन् ।

कार्यक्रमका प्रमुख अतिथि मायादेवी रानाले भानुभक्तको ज्ञान र महिमा अतुलनीय रहेको बताइन् । साहित्य , बिधा अांफुलाइ अत्यन्तै मनपर्ने विषय भएकोले एक्लै र फुर्सद हुँदा जहिल्यै पनि अाँफुले श्लोक , साहित्य , रचना हरू सुनेर बस्ने रानाको भनाइ थियो । अाफ्नैं गाउँ , ठाउँ , समाजमा साहित्यका हिरा माेति रहेको रानाले बताइन् ।

स्मारिका प्रकाशनले गाउँपालिका लाइ साहित्यकाे माध्यमबाट चिनाउन मद्धत गर्ने रानाले बताइन् । कार्यक्रमका विशिष्ट अतिथि म्याग्दे गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले नेपाली भाषाको माध्यमबाट नेपाललाई र त्यसमा पनि तनहुँलाई चिनाउन भानुभक्तकाे महत्त्वपूर्ण याेगदान रहेको बताए । साहित्य भनेको समाज परिवर्तनको चित्रण हाे , समाजमा जस्तोसुकै ब्यक्ति पनि साहित्यकार हुन सक्छ घिमिरेले भने ।

गाउँपालिका भित्रका कवि , साहित्यकार हरूकाे स्तरवृद्दिका लागि म्याग्दे साहित्य समाजले महत्त्वपूर्ण भुमिका खेल्नुपर्ने घिमिरेले बताए । कार्यक्रममा पण्डित ऋषिराम अधिकारी , म्याग्दे साहित्य समाजका सल्लाहकार कालिदास भट्टराई , हुत्तमणि अधिकारी , सीता अधिकारीले साहित्यकाे महत्त्वकाे बारेमा चर्चा गरेका थिए ।

कार्यक्रममा साहित्यमा याेगदान पुर्याएकाे भन्दै म्याग्दे साहित्य समाजका संरक्षक ऋषिराम अधिकारी र महिला जागरण अामा समुहलाइ प्रसंसा पत्रले सम्मान गरिएको म्याग्दे साहित्य समाजका सहसचिव महेश भट्टराईले बताए ।

साेहि अवसरमा अध्यक्ष मायादेवी राना तथा उपाध्यक्ष बालकृष्ण घिमिरे बाट संयुक्त रूपमा म्याग्दे साहित्य समाज द्वारा प्रकाशित ” म्याग्देका हरफहरू ” स्मारिकाकाे विमाेचन गरिएको थियो ।

समाजका सहसचिव महेश भट्टराईले सञ्चालन गरेको कार्यक्रमकाे म्याग्दे साहित्य समाजका काेशाध्यक्ष सुभद्रा घिमिरेले धन्यवाद , म्याग्दे साहित्य समाजका अध्यक्ष चन्द्रमणि अधिकारीले अध्यक्षता र समाजका उपाध्यक्ष टेकुमाया सिग्देलले स्वागत गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी