मुग्लिङ–नारायणगढ सडकः कालिखोलाको अवरोध हटेपछि राजमार्ग दुईतर्फी

  • ख-
  • ख+

मुग्लिङः कालिखोलाको पहिरो हटाइए पछि चितवनस्थित मुग्लिङ –नारायणगढ सडकखण्डमा दुईतर्फी यातायात सञ्चालनमा आएको छ ।

सोमबार दिनभर यातयात रोक्दै पहिरो हटाइए पछि साँझबाट दुवैतर्फी यातायातका साधन सञ्चालनमा आएको पत्रकार विनोद श्रेष्ठले जानकारी दिएका छन् । त्यसक्रममा झण्डै १५ घण्टा राजमार्ग अवरुद्ध बनेको थियो ।


तीन सातायाता नियमित जस्तै पहिरो खसेर राजमार्ग अवरुद्ध हुँदा यात्रु कैयौं घण्टा राजमार्गमै अलपत्र पर्दै आएका थिए ।

अब भने मुख्य अवरोध हटेकाले यातायात सञ्चालनमा सहजता आएको मुग्लिङ–नारायणगढ सडक आयोजनाले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी