आदिकविकाे शैक्षिक तथा व्यवसायीक भवन शिलान्यास

  • ख-
  • ख+

दमाैली : आदिकवि भानुभक्त क्याम्पस विज्ञान चाैर दमाैलीमा निर्माण प्रारम्भ हुन लागेको शैक्षिक तथा ब्यावसायीक भवनको आइतवार शिलान्यास भएको छ ।

ब्यास नगर पालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले एक कार्यक्रमका विच वैदिक विधिवाट जगको आधार शिलाको पुजा गरि भवनको शिलान्यास गरेकाे क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले बताए । ब्यास नगरपलिकाको आर्थिक अनुदान सहयोगमा उक्त भवन निर्माण हुन लागेकेा हड्खलेले बताए ।

नगर पालिकाले उक्त भवन निर्माण योजनाका लागी आव ०७७ / ०७८ मा २५ लाख र ०७८/०७९ मा ३० लाख गरि ५५ लाख रकम विनियोजन गरेको प्रमुख हड्खलेले जानकारी दिए ।

दमौली वेलवास सडक खण्डसंगै जोडिएको क्याम्पसको लालपुर्जाको जग्गामा वारपार खण्ड खण्डमा चरणवद्ध वन्न लागेको ४ तले उक्त भवनको भुइ तला व्यापारिक तथा ब्यावसायीक प्रयोजनका लागी भाडामा दिने र अन्य तलाहरु शैक्षिक प्रयोजनका लागी क्याम्पसले प्रयोगमा ल्याउने गरि उक्त भवन डिजाइन गरिएको निर्माण समितिका अध्यक्ष दिलबहादुर दरैले बताए ।

समुदायद्वारा सञ्चालन गरिएको यस क्षेत्रको उच्च शिक्षाको गन्तव्य बन्न सफल आदिकवि भानुभक्त क्याम्पसको शैक्षिक पूर्वाधार निर्माणमा ब्यास नगरपालिकाले निरन्तर आर्थिक सहयोग गर्दैआएको क्याम्पस प्रमुख हड्खलेकाे भनाइ छ ।

शिलान्यास कार्यक्रममा क्याम्पस सञ्चालक समितिका अध्यक्ष ब्रह्मदत्त तिमल्सेना , निवर्तमान अध्यक्ष रामचन्द्र बस्नेत, उपाध्यक्ष बुद्धिमान श्रेष्ठ, क्याम्पस सल्लाहकार समितिका सदस्य विश्व बास्तोला , छात्रावास व्यवस्थापन समितिका अध्यक्ष केश बहादुर सुनार , व्यास १ का वडा सदस्यहरु – चुडामणी दाहाल र निर बहादुर मल्ल ठकुरी , लायन्स क्लब अफ तनहुँका अध्यक्ष कृष्णहरी गैह्रे , पत्रकार महासंघ तनहुँका निवर्तमान अध्यक्ष ओमकार आचार्य तथा पूर्व अध्यक्ष डम्बर बहादुर अधिकारी लगायत उपस्थित थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी