म्यागदे बरचौरको ढिस्को हटे पछि यातायात दुईतर्फी

  • ख-
  • ख+


दमौली: म्याग्दे १ बरचौरमा अवरुद्ध पृथ्वी राजमार्ग दुईतर्फी यातायात सञ्चालनमा आएको छ ।


केही दिनयता निरन्तर पहिरो हटाउँदै आइए पनि आईतबार भने राजमार्गमा खसेको ढिस्को हटाइएको हो । आईतबार सवारी आगमन रोक्दै ढिस्को हटाइएको थियो ।


साँझबाट ढिस्को पुरै हटेपछि दुईतर्फी यातायात सञ्चालनमा आएको प्रहरी नायब उपरीक्षक युवराज तिमल्सेनाले बताए ।
यस अघि पहिरोका कारण  यातायात सञ्चालनमा कठिनाइ देखिएको थियो ।


तर त्यस ठाउँमा अझै पनि पहिरो खस्ने सम्भावना रहेको प्राविधिकहरुले बताएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी