पृथ्वी राजमार्गको यातायात नियमित, बरचौरमा अझै पहिरोको जोखिम

  • ख-
  • ख+

दमौलीः तनहुँस्थित पृथ्वी राजमार्गमा यातायात नियमित भएको प्रहरीले जनाएको छ । राती पानी परेका कारण बिहान एक्लेफाँटस्थित पृथ्वी राजमार्गमा पहिरो खसेर यातायात केहीबेर रोकिए पनि आठ बजेबाट अवरोध हटेको छ ।


अन्य केही ठाउँमा स सानो पहिरो गए पनि यातायात प्रभावित भने नभएको प्रहरीले जनाएको छ । ट्राफिक प्रहरीका अनुसार शुक्रबार पहिरो खसेको म्याग्दे १ बरचौरस्थित पृथ्वी राजमार्गमा साना सवारी दुईतर्फी भए पनि ठूला साधन भने एकतर्फी चलिरहेका छन् ।


मुग्लिङ पोखराअन्र्तगत जामुनेसम्मको सडकको ठेक्का पाएको चिनियाँ ठेकेदार कम्पनीले नै अहिले अवरोध हटाउने काम गरिरहेको छ । आजसम्ममा थप अवरोध हटाउने लक्ष्य राखिएको छ ।


तर पानी परिरहे अझै पहिरो खस्ने त्रास भने कायमै रहेको प्राविधिकहरुले बताएका छन् । बरचौरमा अझै पहिरो खस्ने त्रास देखिएकाले यात्रा गर्दा सावधानी अपनाउन पनि प्रहरीले सुझाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी