ऋषिङका संक्रमित जनप्रतिनिधि पनि, विदेशबाट आएका थिए संक्रमित १०

  • ख-
  • ख+

ऋषिङ:ऋषिङमा संक्रमण भेटिएका ११ जनामध्ये एक जना जनप्रतिनिधि रहेको खुलेको छ ।
ऋषिङ ५ का जनप्रतिनिधिमा संक्रमण भेटिएको प्रमुख प्रशासकिय अधिकृत चण्डिका पौडेलले पुष्टि गरे । ‘एक जनप्रतिनिधिमा पनि संक्रमण भेटिएको छ,’ उनले भने,‘बाँकी १० जना विदेशबाट आएका छन् ।’

प्रदेशको स्वास्थ्य निर्देशनालयले संक्रमित सबै कन्ट्याक्ट ट्रेसिङका आधारमा भेटिएको दाबी गरे पनि गाउँपालिकाले भने त्यसो नभएको बताएको छ । ‘विदेशबाट आएका र सामाजिक गतिविधिमा संलग्नसहित एक सय ५८ जनाको परीक्षण गरेका थियौं,’ उनले भने ।

विदेशबाट आएकाहरु घरमै बसेकाले यसले अरुमा पनि संक्रमण देखाउने हो कि भन्ने त्रास पनि बढाएको छ ।

गाउँपालिकाले एकै पटक धेरैमा संक्रमण देखिए पछि अब कस्तो रणनीति अपनाउने भन्ने विषयमा छलफल गरिरहेको जनाएको छ । संक्रमितको सम्पर्कमा आएकाको पहिचान गरेर नतिजा नआउँदासम्म बन्दाबन्दी गर्ने कि के गर्ने भन्ने विषयमा छलफल भैरहेको गाउँपालिका श्रोतले बताएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी