ऋषिङ पहिरो: पहिरोमा ज्यान गुमाएका परिवारलाई ऋषिङको राहत

  • ख-
  • ख+

ऋषिङः पहिरोमा परेर ज्यान गुमाएका आफ्ना दुई नागरिकलाई ऋषिङ गाउँपालिकाले जनही ५० हजार रुपैयाँका दरले राहत वितरण गरेको छ । ज्यान गुमाएकाको घरमा पुगेर गाउँपालिकाले राहत वितरण गरेको हो ।


पहिरोमा पुरिएर ज्यान गुमाएका गाउँपालिकाका सुरक्षागार्ड समेत रहेका ऋषिङ ८ मझकोटका खुमबहादुर आले तथा पहिरोमै पुरिएकी ऋषिङ ७ की देविसरा मगरका परिवारलाई गाउँपालिकाले तत्काल राहत दिएको गाउँपालिकाका प्रवक्ता विजय दरैले जानकारी दिए ।


गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले राहत प्रदान गर्दै गाउँवासीको पीडामा साथ दिन गाउँपालिका सदैव तत्पर रहेको बताए । उनले बाढी पहिरोबाट भएको क्षतिमा गाउँपालिकाले सकेको राहत दिने तथा प्रदेश तथा अन्यत्रबाट राहतका लागि समेत पहल गर्ने प्रतिवद्धता जनाए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी