ऋषिङ पहिरो: बेपत्ता दुवैको शव भेटियो

  • ख-
  • ख+

ऋषिङ: तनहुँको ऋषिङमा गएको पहिरोमा परी दुई जनाको मृत्यु पुष्टि भएको छ ।

पहिरोले पुरिएर बेपत्ता दुवै जनाको शव भेटिएको नेपाल रेडक्रस सोसाइटी कोटदरबार सभापति ईन्द्र आलेले जानकारी दिए ।


ऋषिङ ८ मझकोटमा खुमबहादुर आलेको शव ढुंगाले च्यापिएको अवस्थामा भेटिएको उनले जानकारी दिए ।


स्थानीय र रानीपोखरी चौकीका प्रहरीले केहीबेर अघि शव झिकेको सोसाइटीका उप सभापति टंकबहादुर थापाले जानकारी दिए ।


यस अघि पहिरोमा पुरिएकी ऋषिङ ७ दधिवनकी ६० वर्षीया देवीसरा मगरको शव अड्किएको अवस्थामा घर नजिकै स्थानीयले फेला पारेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी