‘ऋषिङ्गका जनप्रतिनिधिले जनताको चित्त बुझाएका छन्’

  • ख-
  • ख+

ऋषिङ्ग: संविधान सभासद् झुलबहादुर आलेले ऋषिङ्गका जनप्रतिनिधिले जनताको चित्त बुझाएको पाएको बताएका छन्। ‘ मैले हेर्दा जन प्रतिनिधिले गरेको काम राम्रो देखें । जनताको चित्त बुझाएको पाएँ,’ उनले भने,’ तर केही कमजोरी भने सुधार गर्दै जानुपर्छ । ‘

उनले विकासको कामले गाउँमा गति पाएको भन्दै अझ प्रभावकारी काम लिएर अघि बढ्न गाउँपालिकालाई सुझाव दिए ।

गाउँपालिकाले आ.व. ०७६/०७७ मा सम्पन्न गरेको योजना, नीति तथा कार्यक्रमको समीक्षा कार्यक्रमको उद्घाटन कार्यक्रममा आलेले यस्तो बताएका हुन् । उनले गाउँपालिका ले चालू आर्थिक वर्षका लागि ल्याएको योजना पुस्तिका पनि सार्वजनिक गरे।

गाउँपालिकाले सम्पन्न गरेका विभिन्न योजना तथा कार्यक्रमलाई थप प्रभावकारी बनाउने रणनिती तयार गर्न समीक्षा कार्यक्रम राखिएको अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले बताए । ‘ कामको प्रभावकारिता हेरेर आगामी दिनमा अझ राम्रो नतिजा दिन सकिन्छ भनेर समीक्षा थालेका हौ,’ उनले भने। उनले गाउँको विकासमा सबै पक्षलाई समेटेर लगिने बताए ।

कार्यक्रममा गाउँपालिकाका प्रवक्ता विजय दरैले पुस्तिकामा सबै योजना समावेश रहेको बताए । जनसहभागितामा आएकाले योजनाको प्रभावकारिता रहने उनले विश्वास व्यक्त गरे ।
सो अवसरमा लेखा,योजना,स्वास्थ्य लगायतका शाखा प्रमुखहरुले कार्यप्रगति तथा समस्या र समाधानका बारेमा प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा उपाध्यक्ष गिनुमाया थापा, प्रमुख प्रशासकीय अधिकृत चण्डिका पौडेलसहित जन प्रतिनिधि र सहभागीले प्रतिवेदन र अन्तर्क्रियामा सहभागिता जनाएको प्रशासकीय अधिकृत चिन बहादुर रानाभाटले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी