ऋषिङ पहिरो: दधिवनमा पुरिएर अर्की वृद्धा बेपत्ता, दर्जनौं घर जोखिममा

  • ख-
  • ख+

ऋषिङ:ऋषिङ ७ दधिवनमा पहिरोले पुरेर एक वृद्धा बेपत्ता भएकी छन्। घर माथिबाट झरेको पहिरोले ६० वर्षीया देवीसराको घर बगाएको र उनी पनि पुरिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले जानकारी दिए ।


श्रीमान भागे पनि उनी भने भाग्ने क्रममा पहिरोले पुरिएको बताइएको छ । गाउँपालिकाका अनुसार त्यस ठाउँमा अरु तीन घर पहिरोले बगाएको छ । अरु घरमा मानवीय क्षति नभए पनि सदस्य भने विस्थापित भएका छन् ।


त्यस क्षेत्रमा उद्धारका लागि सैनिक टोलीलाई खबर गरिए पनि बाढी तथा पहिरोका कारण घटनास्थल सम्म आईपुग्न समय लागेको गाउँपालिकाका अधिकारी दानबहादुर श्रेष्ठले जानकारी दिए ।
गाउँपालिकाका विभिन्न स्थानहरुमा भुस्खलन भएको सुचना आएको गाउँपालिकाले जनाएको छ ।
ऋषिङ्ग गाउँपालिकाले भिमाद देउरालि तर्फबाट र भिर्कोट तर्फबाट सडकको अवरोध खोल्ने तथा सम्बन्धित स्थानमा जेसिभिसम्म पुर्‍याउन प्रयास गरिरहेको अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले जानकारी दिए ।


निरन्तर दर्किरहेको झरी र ठाउँठाउँका पहिरोको अवरोधले समस्या सिर्जना गरिरहेको उद्धारमा संलग्न अधिकारीले बताएका छन् ।
यस अघि ऋषिङ ८ मझकोटमा खुमबहादुर आले पहिरोमा परेर बेपत्ता छन्।

गाउँपालिकाका धेरै ठाउँमा दर्जनौं घर जोखिममा रहेको जानकारी प्राप्त भएको रेडक्रस सोसाईटी कोटदरबार उपशाखा सभापति ईन्द्र आलेले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी