म्याग्देको विकासमा मुख्यमन्त्री प्रतिवद्ध

  • ख-
  • ख+

म्याग्देः म्याग्दे गाउँपालिका उपाध्यक्ष बालकृष्ण घिमिरे नेतृत्वको टोलीले गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोख्रेल लाई भेटि खासगरी वडा नँ ७ को समस्याका बारेमा ध्यानाकर्षण गराएको छ । वडा नँ ७ को पयर , पिपलचौर , र हर्षपुर क्षेत्र विकासका दृष्टिकोणले पछाडि परेको ध्यानाकर्षण पत्रमा उल्लेख छ ।


स्थानीय बासिन्दाहरूको जीवनस्तर माथि उठाउन शिक्षा, स्वास्थ्य, खानेपानी, सिंचाइ, मोटर बाटो निर्माण र पर्यटन प्रवर्द्धनको लागि पहल गर्न भनिएको सहभागी श्रीभद्र आचार्यले बताए ।
आचार्यका अनुसार दुलेगौंडा हर्षपुर मोटर मार्गमा तिनवटा स्थानीय तहको भाग शुक्लागण्डकी नगरपालिका , व्यास नगरपालिका र म्याग्दे गाउँपालिका जोडिएको भएतापनि हालसम्म शुक्ला क्षेत्रमा मात्रै निर्माण भएको , म्याग्दे तथा व्यास क्षेत्रमा ट्रयाक मात्रै खोलिएकोले आवमा बजेट व्यवस्था गरि कार्य प्रारम्भ गर्न भनिएको छ ।


यस्तै बगर, कुलो, पक्की बाँध निर्माण र सियाले, दामगोडे हुँदै जामुने जाने मोटर मार्ग सँगै कुलो संरक्षणको लागि तटबन्ध गर्नको लागि ब्यबस्था मिलाउन टोलिले मुख्यमन्त्रीको ध्यानाकर्षण गराएको छ । टोलीले पयरमा रहेको जनता प्राविमा २ कोठे भवन मात्रै रहेकोले उक्त विद्या लयमा ४ कोठे भवन बनाउन आवस्यक रहेको उल्लेख गरेको छ ।


म्याग्दे ७ को जनचेतना आमा समुहको भवन निर्माण , जनज्योति मोटरमार्गको स्तरोन्नति, डांडागाउँ आकाशे देवी मन्दिरको जीर्णाेद्धार एवं हर्षपुर होमस्टे सञ्चालन गरि पर्यटकीय स्थल घोसणा गर्न, जनजुक्त शाही माविमा ई लाइब्रेरी तथा पक्कि गेट सहितको कम्पाउण्ड वाल सहितको भवन निर्माण , जनएकता कृषि मोटर मार्गको विकास, हरियाली मोटर मार्ग र देवियानि पिपलचौर मोटर मार्गलाई स्तरोन्नति गर्न ध्यानाकर्षण गराइएको आचार्यले बताए ।


टोलीले विर्ता कुलो मर्मत तथा पयर खोलामा तटबन्ध, हर्षपुर भर्लाटुम लिफ्टिङ खानेपानी, अपांग आश्रम भवन निर्माण, पिपलचौर देखि डम्बरेपानि सम्मको मोटरबाटो स्तरोन्नति, कैडले वेलबोट, पिपलचौर हुँदै पयर खानेपानी योजना, वर्थिङ सेन्टर स्थापना र मतदान केन्द्र थपको लागि अनुरोध गरिएको आचार्यले जानकारी दिए । मुख्यमन्त्रीले म्याग्देको विकासमा आफू सकारात्मक रहेको र प्रतिवद्ध रहेको पनि बताएको आचार्यले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी