कांग्रेस नेता भट्टराईको पहलमा भुजेल गाउँमा खाद्य सामग्री

  • ख-
  • ख+

दमौली ः कोभिडबाट प्रभावित आँबुखैरेनी गाँउपालिका–१ भुजेल गाउँका ५७ घर परिवारलाई खाद्यान्न सहयोग गरिएको छ ।

नेपाल विद्यार्थी संघका महामन्त्री तथा नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि दीपक भट्टराईको पहलमा सफर नेपालका टुरिजम एण्ड टुर्स प्रालिको सहयोगमा सहयोग गरिएको हो । सफर नेपालका निर्मलकुमार अधिकारी, जमिर हुसेनको सहयोगबाट प्राप्त खाद्यान्न सहयोग गरिएको भट्टराईले जानकारी दिए ।

नेपाली काँग्रेसका जिल्ला सचिव लक्ष्मी आचार्य, आँबुखैरेनी गाउँपालिकाकी उपाध्यक्ष पुष्पादेवी श्रेष्ठ, महाधिवेशन प्रतिनिधी श्याम मौरती, सो वडाका वडाध्यक्ष तथा नेपाली काँग्रेस आँबुखैरेनी गाउँकार्य समितिका सभापति केशवनाथ खनाल, क्षेत्रीय सचिव धिरज खनाल, स्थानीय रामचन्द्र पण्डितले गाउँमै पुगेर राहत हस्तान्तरण गरेका थिए ।

एक÷एक बोरा चामल, लगायत नुन, तेल, दाल हस्तान्तरण गरिएको थियो । यसैबीच महामन्त्री भट्टराईका अनुसार मंगलबार मास्क, सेनिटाईजर लगायतका स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी