सरस्वती माविमा लायन्सकाे वृक्षारोपण

  • ख-
  • ख+

खैरेनीटार: लायन्स क्लब अफ तनहुँ खैरेनीटार र लियो क्लब अफ तनहुँ खैरेनीटार दुलेगौंडा मन्त्रको संयुक्त आयोजनामा सरस्वती नमुना मावि खैरेनीटारमा वृक्षारोपण गरिएको छ ।

मंगलबार आयोजित बृक्षारोपण कार्यक्रममा लायन्स र लियो क्लवका युवाहरूको सहभागीता रहेको थियो । लायन्स क्लब अफ तनहुं खैरेनीटारका अध्यक्ष पिताम्बर तिमिल्सिनाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा आंप, लिची,अमला, तेजपत्ता गरी ४० बिरुवा लगाइएको रिजन चेयरपर्सन रिजन ३० का प्रदिप थापाले बताए ।

वृक्षारोपण पश्चात् त्यसलाई जाेगाउन ट्री गार्ड समेत ब्यबस्था गरिएको थापाले बताए । सामाजिक उत्तरदायित्वकाे भावना सँगै पर्यावरण जोगाउने कार्यमा अाँफुहरू लागेको क्लबका अध्यक्ष पिताम्बर तिमिल्सिनाले बताए ।

कार्यक्रममा रिजन चेयरपर्सन प्रदिप थापालाई सम्मान गरिएको लायन्स क्लव अफ तनहुँ खैरेनीटार का निबर्तमान अध्यक्ष तथा बर्ष २०२१का जोन चेयर पर्सन राज ब. थापाले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी