एक्लेफाँटमा मोटरसाईकल ट्रकसँग ठोक्किंदा यु्वकको घटनास्थलमै मृत्यु

  • ख-
  • ख+

आँबुखैरेनीः आँबुखैरेनी २ एक्लेफाँटस्थित पृथ्वी राजमार्गमा मोटरसाईकल ट्रकसँग ठोक्किंदा एक युवकको ज्यान गएको छ । घटनामा परी अर्का किशोर घाइते भएका छन् ।


डुम्रेबाट आँबुखैरनी तर्फ गैरहेको लु ८ प ८३५३ नम्बरको मोटरसाईकल फरक दिशा तर्फ गैरहेको ना ६ ख ६११८ नम्बरको ट्रकको पछाडी ठोकिएर पुनः आँबुखैरेनीतर्फ गैरहेको ना ६ ख ४४४७ नम्बरको ट्रकमा ठोकिएको थियो ।


घटनामा एक्लेफाँटकै ३१ वर्षका दुर्गा भुजेलको घटनास्थलमा नै मृत्यु भएको र मोटरसाईकलमा पछाडी सवार स्थानीय १७ वर्षका साजन भुजेल घाइते भएको प्रहरीले जनाएको छ ।

घटनाका कारण केहीबेर राजमार्गमा यातायात अवरुद्ध हुन पुगेकामा पछि नियमित भएको ट्राफिक प्रहरीले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्