मुख्यमन्त्रीको प्रेस संयोजकमा कोईराला

  • ख-
  • ख+

पोखराः गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको प्रेस संयोजकमा पत्रकार भरत कोईराला नियुक्त भएका छन् । आईतबार बसेको प्रदेश मन्त्रीपरिषदको बैठकले यससम्बन्धी निर्णय गरेको मुख्यमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

आदर्श समाज दैनिकका सम्पादक कोईराला मुख्यमन्त्रीको नियुक्तिदेखि नै निकट रहेर काम गर्दै आएका थिए ।

हिमालयन टाईम्समा लामो समय अनुभव संगालेका पत्रकार कोईराला यस अघि समाधान दैनिकको सम्पादकीय नेतृत्वमा समेत थिए ।


कोईरालाले मुख्यमन्त्रीको प्रेस संयोजकका रुपमा सञ्चार जगत र प्रदेश सरकारबीच समन्वयकारी भूमिका खेल्ने प्रतिवद्धता जनाएका छन् । पत्रकारितामा दुई दशक बढी अनुभव भएका कोईरालाले पत्रकारितामा स्नातकोत्तर उत्तीर्ण गरेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी