शिक्षक नेता द्वारा म्याग्दे गापालाइ ३८ बुंदे माग

  • ख-
  • ख+

म्याग्दे: नेपाल शिक्षक महासंघको आयोजनामा शिक्षक नेताहरूले विभिन्न माग राखी म्याग्दे गाउपालिकाकाे कार्यालयमा धर्ना दिएका छन् ।

धर्ना पश्चात् म्याग्दे गाउँपालिकाकि अध्यक्ष मायादेवी राना समक्ष ३८ बुंदे माग राखेको शिक्षक सँघ म्याग्देका अध्यक्ष अशाेक चन्द्र वाग्लेले बताए । शिक्षकहरू काे ज्ञापनपत्र बुझ्दै अध्यक्ष रानाले बालविकास शिक्षिका र विद्यालय कर्मचारी को तलव न्युनतम १५ हजार पुर्याउन आफू कृयाशिल रहेको बताएको वाग्लेले बताए ।

साथै म्याग्दे गाउपालिकाको क्षेत्राधिकार भित्रका सबै मागहरु सम्बोधन गरिने र संघको क्षेत्राधिकारका मागहरु सुझावका रुपमा पठाइने प्रतिबद्धता व्यक्त गरेको वाग्लेले जानकारी दिए ।

साे अवसरमा शिक्षा शाखा प्रमुख बुद्धीसागर खनालले अहिलेको कोरोना महामारीको बेलामा वैकल्पिक सिकाइका लागि आवश्यक इन्टरनेट का लागि प्रत्येक विद्यालयमा रकम एवं ICT को पहुँचका लागि विविध सामग्रीहरु विद्यालयमा उपलब्ध गराइएको जानकारि दिए । कार्यक्रममा नेपाल शिक्षक संघ , राष्ट्रिय शिक्षक संगठन र अखिल नेपाल शिक्षक संगठनका प्रतिनिधि ले एक्यवद्धता जनाएका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी