
दमौलीः दुई दिन अघि भत्किएको व्यास १ र १३ जोड्ने छाब्दी खोला पुलमा बेलिब्रिज राख्न लाग्ने खर्च गण्डकी प्रदेश सरकारले बेहोर्ने भएको छ । भानुको तुरतुरे र पालुङटार जोड्ने मस्र्याङदी नदीमा रहेको बेलिब्रिज सार्नका लागि भौतिक पूर्वाधार तथा योजना मन्त्री वसन्तकुमार नेम्वाङले निर्देशन दिए पनि मन्त्रालयलाई भार नपर्ने गरी व्यवस्था गर्न भनेका थिए ।
मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सडक विभागका महानिर्देशक अर्जुनजंग थापासँग कुराकानी गर्दै आवश्यक खर्च बेहोर्न प्रदेश तयार रहेको भन्दै तत्काल काम थाल्न अनुरोध गरेको पोखरेललाई उद्धृत गर्दै पत्रकार भरत कोईरालाले जानकारी दिए ।
घटनाको भोलिपल्ट प्रदेश सकारले प्राविधिकसहितको एक टोलीसमेत खटाएर आवश्यक विवरण संकलन गरेको उनले बताए । यस अघि कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल समेतले मुख्यमन्त्री नेपाली तथा विभागका महानिर्देशक थापासँग सम्वाद गरी काम चाँडो अघि बढाउन अनुरोध गरेको उनका सहयोग चिरञ्जीवी अधिकारीले जानकारी दिए ।
यस अघि शुक्रबार विघटित प्रतिनिधि सभा सदस्य कृष्णकुमार श्रेष्ठले भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री वसन्तकुमार नेम्वाङलाई भेटेर बेलिब्रिज स्थापनाका लागि अनुमति माग गरेका थिए । उनले भने विपद् प्राधिकरणबाट खर्च बेहोरिने बताएका थिए ।