घुमन्तेको आकर्षण ‘कान्छी बाराही ‘

  • ख-
  • ख+

विकास खनाल

दमौली: म्याग्दे गाउँपालिका वडा नं ५ स्थित कान्छी बाराही मन्दिर र छाङ्दी झरनामा यतिखेर पर्यटकको भिड लागेको छ । केही समय अगाडि सम्म प्रचारप्रसार हुन नसकेर अाेझेलमा परेको झरना अहिले टिकटक र फाेटाेले भाइरल भएको छ ।

पर्यटकको घुइँचो
दैनिक करिव ५ सय जना अान्तरिक पर्यटक अहिले अाउने गरेको म्याग्दे गापा वडा नं ५ का अध्यक्ष शिव बहादुर अालेले बताए ।

छाङ्दी झरना निकै पहिले देखि रहेको भए पनि प्रचारप्रसार हुन नसक्दा छायांमा परेको थियो , अध्यक्ष अालेले भने तर अहिले यसको दिन अाएकाे छ । मन्दिर र झरना व्यवस्थित बनाउन अहिले गाउँपालिकाले सर्भे गरिसकेको र सर्भे फाइनलकाे लागि अन्तिम चरणमा पुगेको प्रमुख प्रशासकिय अधिकृत नारायणप्रसाद अधिकारीले बताए ।


पर्यटकहरू ले मन पराएकाे र दैनिक सयौंकाे संख्यामा झरना हेर्न अाएकाे देख्दा यस ठाउँ पर्यटकीय गन्तव्यस्थलका रूपमा स्थापित हुँदै गएको अधिकारीले बताए । गाउँपालिकाका इञ्जिनियर राेमन पण्डितका अनुसार सर्भे  याे महिनाकाे अन्तिमसम्ममा सकिने छ ।


प्रशस्त पूर्वाधार बनाउने योजना
पर्यटकीय स्थान भएकोले हामीले तीन तहमा काम सम्पन्न गर्ने याेजनाका साथ अगाडि बढेका छाैं पण्डितले भने ।

मन्दिर र झरना नजिकै रहेको र  मन्दिर पुरानो भैरहेकोले त्यसलाई अाकर्सित बनाउने, भ्यु प्वाइन्ट , क्यानोनिङ प्वाइन्ट , झरना वरिपरि साँस्कृतिक झल्काे अाउने गरि बनाउने लक्ष्य गाउँपालिकाले राखेको अध्यक्ष मायादेवी रानाले बताइन् । 


पुल , माछापोखरी बनाउने याेजना रहेको रानाले जानकारी दिइन्  । खैरेनीटार भिमाद सडक मार्गबाट करिब ६ सय मिटर भित्र कच्ची बाटो बाट पुगिने  झरना करिव ६० मिटर लामो रहेको इञ्जिनियर पण्डितले बताए । राजमार्ग बाट अाउन  बाटो सुधार देखि पसल राख्ने , गार्डेन बनाउने , वाटर फाउन्टेन , पानी सदा रहने गरि बनाउन गुरूयाेजना तयार पारिएको गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले बताए ।


४ करोडको गुरुयोजना
गुरूयाेजना सम्पन्नकाे लागि झण्डै  ४ कराेड १५ लाख ३० हजार बजेट लाग्ने अनुमान गरिएको छ । मन्दिर बाट झरना जान ५ लाख निकासा गरेर सिंढी र रेलिङ हालिएको अध्यक्ष मायादेवी रानाले बताइन् ।

झरना हेर्न दमाैलीबाट साथीहरू सहित पुगेकी बिन्दु श्रेष्ठले झरना मनै लाेभ्याउने खालको रहेको बताइन् । सामान्य हाेला भन्ने साेच्दै हेर्न अाएकाे भए पनि झरना साेचेभन्दा राम्रो र आकर्षक रहेछ उनलेे भनिन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी