
टेक्सास:
मृगौला फेल भए पनि आर्थिक अभावमा उपचार वञ्चित व्यास १४ केशवतारका सन्तोष रानाका लागि अमेरिकामा दुई हजार डलर संकलन भएको छ । उनको उपचारका लागि मगर समाज अमेरिका अन्तर्गत टेक्सास च्याप्टरको सक्रियतामा आर्थिक संकलन अभियान थालिएको हो ।
अभियानमा अमेरिकामा रहेका समाजका सदस्यहरूले उत्साहजनक सहयोग गरेको केशवटार घर भै हाल टेक्सासमा रहेका गायक भीम थापाले जानकारी दिए ।

जुम प्रविधिबाट गरिएको सांस्कृतिक कार्यक्रमबाट रकम संकलन भएको गायक थापाले जानकारी दिए ।सहयोग संकलनका लागि त्यहाँको नेप स्टार डिएफडब्लु भलिबल क्लबले मिनी टुर्नामेन्ट समेत गरेको बताइएको छ ।
सहयोग संकलन जारी रहेको र रकम चाँडै परिवारलाई हस्तान्तरण गरिने थापाले जानकारी दिए ।