म्याग्देका औषधी पसल ‘ठिक’

  • ख-
  • ख+

म्याग्दे : म्याग्दे गाउँपालिका भित्रका अाैषधि पसलमा गाउँपालिकाले अनुगमन गरेको छ । गाउँपालिका अध्यक्ष मायादेवी राना तथा उपाध्यक्ष बालकृष्ण घिमिरे एवं प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद अधिकारीकाे टाेलिले अाैसधि पसलहरूकाे अनुगमन गरेको याेजना शाखाका प्रमुख श्रीराम खनालले बताए ।

थर्पु स्थित निकाे स्वास्थ्य क्लिनिक , म्याग्दे पाेलिक्लिनिक , थर्पु अाैषधि पसल , निश्चल फार्मेसी , साेम भेटेरिनरि सेन्टरमा अनुगमन गरिएको गाउँपालिकाकि अध्यक्ष मायादेवी रानाले बताइन् । अनुगमनका क्रममा पसल दर्ता , मुल्यसुचि , उपभाेग्य मिति , बिल अादिका बारेमा हेरिएको गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले बताए ।

सुक्रवार हेरिएको पसलहरू अधिकांश ठिक रहेको देखिएपनि केही पसलमा बिलहरू पान भएको नचलाएकाे तथा पसलको पहिचान हुने खालको नचलाइ सामान्य विल चलाएको पाइएकोले पान बिल र पहिचान हुने विल चलाउन भनिएको प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद अधिकारीले बताए ।

अनुगमन टाेलिमा स्वास्थ्य शाखाका दिनेस पण्डित , नवराज पाेख्रेल , इन्द्र प्रसाद खनाल , तनहुँ उद्योग बाणिज्य सँघ थर्पु बजार इकाईका सभापति भिमलाल श्रेष्ठ , थर्पु प्रहरी चाैकिका इन्चार्ज , पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी