बाढीले भत्कायो मस्र्याङदी पुल

  • ख-
  • ख+

आँबुखैरेनीः निरन्तरको वर्षापछि आँबुखैरेनी गाउँपालिका–२ एक्लेफाँट र गोरखा नगरपालिका–१४ गोप्लिङ जोड्ने मर्स्याङ्दी नदीमाथिको झोलुंगे पुल भत्किएको छ ।

बिहीबार राति पुलको तनहूँतर्फको जीप भासिएर मर्स्याङ्दी नदीमा पुगेको गोरखा नगरपालिका–१४ का वडाअध्यक्ष रामबहादुर खड्काले जानकारी दिए ।


पुल बगाएपछि दुईसय १४ घरधुरीका बासिन्दा राजमार्ग जानबाट बञ्चित भएका छन । राजमार्गबाट प्रसिद्ध अकला मन्दिर जाने बाटो पनि अबरुद्ध भएको खड्काले बताए।

झोलुङ्गेपुल मर्स्याङ्दी जलविद्युत आयोजनाको बाँधबाट केहीमाथि थियो । अब गाउँलेलाई बिहान सबेरै राजमार्ग जान र साँझ अबेर फर्कन नपाइने स्थानीयको भनाई छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी