जोगिइन् छाब्दीकी आसथाको धरोहर ‘रजबाम’

  • ख-
  • ख+

दमौलीः तनहुँमा रहेका बाराही मन्दिरहरु देशैभर चर्चित छन् । खासगरी पानीको श्रोतमा आधारित मन्दिरहरुमा पानीमै बाँच्ने माछालाई देवीको अवतार मानेर पुज्ने गरिएको छ । यस्ता नदीमा माछाको विशेष प्रजाति रजबामलाई देवी मानिन्छ ।


पछिल्लो समय बाढीको चपेटामा निरन्तर परिरहेको देशकै चर्चित धार्मिक पर्यटकीय तीर्थस्थल छाब्दी बाराहीमा देवीका अंश मानिने माछाहरु बगेका छन् । विगतमा छेउछाउका माछा बगे पनि यसपाली भने मुख्य देवी मानिने रजबाम नै बगे पछि उनकै आधारमा चल्ने छाब्दीको विश्वासको धरोहर नै जान्छ कि भन्ने स्थानीयमा चिन्ता थियो ।


छाब्दी मन्दिरबाट बगाएर ल्याएको मत्स्यकन्या माछा व्यास-०१ निर्मल स्कुल नजिकै भादगाउँका एक स्थानियले उद्दार गरि मन्दिरका पुजारीलाई फोन गरेर माछालाइ मन्दिर पठाइदिएका छन।


तस्बिरः आरओडिबी


छाब्दी खोलाको बाढीमा बगेकी तिनै रजबामलाई स्थानीयले उद्धार गरेर लगेका छन् । र, मनोकांक्षा पुरा हुने छाब्दी देवीको गरिमा जोगिएको छ । अब अवस्था सहज भएमा रजबामलाई नै देवीको अंश मान्दै भाकल गर्न आउनेले आस्थाको धरोहरलाई सकुशल पाएका छन् ।


कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी