ज्यानसँग खेलेर दाउराको जोहो (भिडियो)

  • ख-
  • ख+

दमौलीः व्यास १ हाईस्कुलटारकी केशिमाया आले उर्लंदो सेतीमा दाउराको सहायताले बगिरहेको मुढा तान्दै भेटिइन् । उनकै छेउमा छिमेकीहरु पनि उस्तै अवस्थामा भेटिए । यो व्यास १ छाला फ्याक्ट्री नजिकिैको बिहीबारको दृश्य थियो ।


जताततै पानी दर्किंरहँदा सेती अरु बेलाभन्दा निकै तीव्र गतिमा बगिरहेको छ । तर यस्तै बेला झन धेरै मानिसको किनारमा भेला हुने गर्छ, बिहान सबैरै । उनीहरु सबैको एउटै स्वार्थ छ, सकेको दाउरा छोप्ने ।


यसरी ज्यानसँग खेलेर दाउरा खोज्ने उनीहरुले उस्तै परे वर्षभरको माग धान्ने गरेका छन् । आखिर ज्यानै जोखिममा राखेर दाउरा खोज्न किन ? केशीमाया भन्छिन्,‘पैसा तिर्नु पनि परेन । फेरि नदीमा बगेको दाउरा मज्जाले बल्छ ।’


बाढीको जोखिम भए पनि मानिसहरु ज्यानको समेत परवाह नगरी दाउरा खोज्न नदीमा जाने क्रम बढेको छ । बाढीमा दाउरा आउने भएकाले व्यास ५ स्थित मादी तथा १ र १३ स्थित सेती नदी किनारमा दाउरा खोज्न आउनेको घुर्इंचो लाग्ने गरेको छ ।

उनीहरुले नदीमै दाउराले समातेर तथा पौडी समेत खेलेर दाउरा छोप्ने गरेका छन् । आवश्यक सावधानी नअपनाउँदा कतिपयको ज्यान समेत जोखिममा पर्ने गरेको छ ।


कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी