तनहुँमा बिहीबार दिनभरको बाढी पहिरो क्षति विवरण (कहाँ कति क्षति ?)

  • ख-
  • ख+

दमौलीः रातीदेखि परेको अविरल वर्षाका कारण बिहीबार तनहुँमा दिनभर राजमार्ग अवरुद्ध हुने तथा बाढी पहिरोको क्रम चलिरह्यो ।

तामुङमा २ महिलाको मृत्यु, ३ घाइते
बन्दीपुर ३ तामुङमा दुई महिलाले ज्यान गुमाउँदा दिनभर बाढी आउने र क्षति हुने क्रम चलिरह्यो । अझै सबै ठाउँको विवरण आइ नसकेकाले अझ बढी क्षति भएको अनुमान गर्न सकिन्छ ।
घर माथिबाट आएको पहिराले ७० वर्षिया हरिमाया नेपाली र ३० वर्षिया सरस्वती थापा ६ बजेतिर बेपत्ता भएका थिए ।

तर लगत्तै पुगेको सशस्त्र र जनपथ प्रहरीको टोलीले पहिरो पन्छाउँदा दुवैको शव भेटियो । सोही क्षेत्रमा पहिरोका कारण अरु तीन जना घाइते भएको विवरण प्रहरीले दिएको छ ।

ढोरफिर्दीमा पुरिएका दुईको उद्धार
पहिरोमा पुरिएका दुईजनाको शुक्लागण्डकी ९ ढोरफिर्दी सिम्लेबाट सकुशल उद्धार गरिएको छ । चेतबहादुर भुजेलको घर माथीबाट माटोको ढिस्को खसी प्ुरिंदा बेपत्ता ५५ वर्षिया खगिमाया भुजेल र उनका छोरा १४ वर्षका बिज्ञान भुजेललाई प्रहरीले सकुशल उद्धार गरेको प्रहरी नायब उपरीक्षक युवराज तिमल्सेनाले जानकारी दिए ।


प्रहरी निरिक्षक ज्ञानबहादुर खड्काको कमाण्डमा गएको प्रहरी टोलीले उद्धार गरेका दुवैको गण्डकी अस्पताल पोखरामा उपचार भैरहेको छ ।


ज्यानसँग खेलेर दाउराको जोहो

भिमादमा घर पुरियो

भिमाद नगरपालिका वडा नं. ७ पट्नेरीमा ढिस्को खस्दा मनिषा परियारको घर भत्केपछि भिमादबाट खटिएको प्रहरी टोलीले परिवारको उद्धार गरेको छ ।
उता, बन्दीपुर १ चिसापानीमा राजु खड्गीको एक तले ब्लकको घर भत्किएको छ ।

म्याग्देमा २ घाइते
म्याग्दे ५ मा पहिराले घर भत्कँदा घाइते दुईको उद्धार गरिएको छ । ब्लकको घर भत्कँदा घाइते बुद्धि परियार र उनका छोरा २५ वर्षका रोजन परियारलाई उद्दार गरी उपचारका लागि भिमाद पोलिक्लिनिकमा पठाईएको छ ।


ऋषिङ पल्ट्याङमा पहिरोमा पुरेकाको उद्धार
ऋषिङ ८ को पल्ट्याङमा पहिरोले पुरिएर एक स्थानीयको घर भत्केको छ । घर भत्किनेमा स्थानीइ राजबहादुर लामकाम छन् । घर पुरिएपछि उनको परिवारलाई उद्धार गरेर छिमेकीको घरमा राखिएको गाउँपालिकाले जनाएको छ

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्