ऋषिङ: अबिरल बर्षादका कारण ऋषिङ गाउपालिका ८ पल्ट्याङ चाम्पानिमा करिब १०० मिटर माथि बाट झरेकाे पहिराेले राज ब. लामकामकाे घर जाेखिममा परेकाे छ ।
लामकानका परिवारमा एक हजुरबुवा,श्रीमान श्रीमती र २ छोराहरु सहित ५ जनाको परिवार विस्थापित भएको हो ।
स्थानीयको सहयोगमा घरका भाँडाबर्तन तथा सामाग्रीहरु सारिएको स्थानिय अनुप थापाले जानकारी दिएका छन ।











