आदिकविमा फलफूलका बिरुवा रोपण

  • ख-
  • ख+

दमौलीः फलफूलका बिरुवा रोपेर आदिकवि भानुभक्त क्याम्पसमा राष्ट्रिय वृक्षारोपण दिवस–२०७८ मनाइएको छ । सोमबार बिहान गण्डकी प्रदेश सभाका सदस्य माननीय डोवाटे विकले छात्रावास प्राङ्गणमाआँपको बिरुवा रोपेर वृक्षारोपण कार्यक्रमको शुभारम्भ गरे ।


अवसरमा बोल्दै विकले आफ्नो नेतृत्वमा १७ बर्षको अथक प्रयत्नपछि निर्मित सहिद चन्द्र नेपाली छात्रावासमा तला थप गरी विपन्न गरिब र दलित तथा जनजाति परिवारका विद्यार्थीलाई शिक्षा दिन आफूले प्रदेश सरकारको आगामी बर्षको बजेट विनियोजनका लागि प्रयत्न गर्ने जनाए ।
डिभिजन वन अधिकृत कोमलराज काफले बोल्दै क्याम्पसको वातावरण तथा हरियाली विकासका लागि जिल्ला वन कार्यालय तनहुँ क्याम्पससँग सहकार्य गर्न सदा तत्पर रहेको बताए ।


क्याम्पस सञ्चालक समितिका अध्यक्ष ब्रह्मदत्त तिमिल्सेनाले ३० जना विद्यार्थीको आवास क्षमता भएको उक्त छात्रावासको क्षमता अभिवृद्धि गर्न पूर्वाधारमा स्थानीय प्रदेश सरकारबाट आर्थिक सहायता जुटाउनु अत्यावश्यक भएको बताएको क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले जानकारी दिए । कार्यक्रममा आप, लिचि, कागति आदि जातका फलफूलका विरुवाहरु रोपिएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी