ऋषिङमा नेकपाका ६८ कांग्रेस प्रवेश

  • ख-
  • ख+

ऋषिङः ऋषिङ्ग गाउँपालिका वडा नं ५ मा नेकपा परित्याग गरि ६८ जना युवा नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । स्थानीय युवा केशरबहादुर थापाको सभापतित्वमा भएको कार्यक्रममा नेपाली कांग्रेस क्षेत्र नं २ का कार्यवाहक सभापति तथा संविधानसभा सदस्य झुलबहादुर आले, पार्टी क्षेत्रीय सभापती तथा ऋषिङ्ग गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ, नेपाली कांग्रेसका जिल्ला कार्यसमिति सदस्य मोहन गिरीलगायतले ती युवालाई पार्टी प्रवेश गराए ।


युवाहरुले कांग्रेसकै नेतृत्वमा विकास र समृद्धि आउने भन्दै पार्टी प्रवेश गरेको बताए ।
कार्यक्रममा बोल्दै संविधान सभासद आलेले कांग्रेसको नीति नै देशका लागि सहि भएको भन्दै नवप्रवेशीलाई पार्टी संगठनमा सक्रिय भएर लाग्न आग्रह गरे ।

कार्यक्रममा पार्टी क्षेत्रीय सभापति एवं गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले ऋषिङ्ग नेपाली कांग्रेसको नेतृत्वमा रहेको र नेपाली कांग्रेसको नीति अनुरुप सबैलाई समान सहभागिताबाट जनताको जनजीविका तथा सामाजिक विकाससँगै समृद्ध ऋषिङ्ग बनाउने अभियानमा लाग्ने बताए । उनले जनताको सुख दु:खमा साथ दिने पार्टी नेपाली कांग्रेस मात्र हो भन्ने मान्यता स्थापित गर्ने दिशामा आफू बढ्ने बताए ।

ऋषिङमा कांग्रेसकै नेतृत्वमा समृद्धि आउने भन्दै ऋषिङमा युवालाई अवसर प्रदान गर्नका लागि गाउँपालिका लागेको बताए ।


कार्यक्रममा जिल्ला सदस्य मोहन गिरी, महाधिवेशन प्रतिनिधि श्याम मौरति, पूूूर्व महाधिबेशन प्रतिनिधि परशुराम गिरीी , गााउँ सभापति रामनाथ काफ्ले, गाउँपालिका उपाध्यक्ष गिनुमाया थापा, तरुण दल क्षेत्र नं २ का अध्यक्ष दानबहादुर श्रेष्ठ, नेपाल विद्यार्थी संघ जिल्ला सचिव बिमल गिरीलगायतले पनि बोलेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी