आईतबारबाट मालपोत खुल्ने, तहपिच्छे फरक बार (तालिकासहित)

  • ख-
  • ख+

दमौलीः आगामी आईतबारबाट सरकारी तथा संस्थानको कार्यालय खुलाउने निर्णय गरेको तनहुँ प्रशासनको निर्देशनपछि सरकारी कार्यालयहरुले प्रशासनलाई आफ्नो योजना बुझाएका छन् ।


यसअन्र्तगत मालपोत कार्यालयले पनि तहअनुसार काम गर्ने दिन तोकेर सेवा दिने भएको हो ।
कार्यालयका प्रमुख चिरञ्जीवी पौडेलले व्यास नगरपालिकालाई दुई तथा अरुलाई एक एक दिन समय छुट्याइएको जानकारी दिए ।

व्यासsमा आईतबार र सोमबार सेवा दिइने भएको छ । यसका अलावा मंगलबार शुक्लागण्डकी नगरपालिका, बुधबार भीमाद, ऋषिङ र म्याग्देका नागरिकले सेवा पाउनेछन् ।


यसैगरी, बिहिबार भानु, देवघाट र घिरिङ तथा शुक्रबार बन्दीपुर र आँबुखैरेनीका नागरिकलाई सेवा दिने समय तय गरिएको मालपोत प्रमुख पौडेलले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी