म्याग्देमा सार्वजनिक सुनुवाइ

  • ख-
  • ख+

म्याग्दे : म्याग्दे गाउँपालिकाकाे अायाेजनामा साेमबार सार्वजनिक सुनुवाइ कार्यक्रम भएको छ ।

अा .व . २०७७ / ०७८ काे तेस्रो चाैमासिक अन्तर्गतको सुनुवाइ कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद अधिकारीले महत्त्वपूर्ण बिषय बस्तुकाे बारेमा जानकारी गराएका थिए । नागरिक प्रतिकाे उत्तरदायित्व बहन गर्न सार्वजनिक सुनुवाइ गरिएको अधिकारीले बताए ।

गाउँपालिकाले दिने सेवा प्रवाह प्रभावकारी गराउन र नागरिककाे समस्या सम्बाेधन हुने गरि काम गर्न सुनुवाइ कार्यक्रमले मद्दत पुग्ने उनको भनाइ थियो । केही समय अगाडि मात्रै गाउँपालिका अान्तरिक स्वमुल्यांकनमा प्रथम हुन सफल भएको र यसलाई खस्कन नदिन गापा सजग भएर लागिपरेको अधिकारीले बताए ।

उक्त अवसरमा गापा अध्यक्ष मायादेवी रानाले गाउँपालिकाले दिने सेवा थप प्रभावकारी बनाउन र समस्याहरू लाई सम्बाेधन गर्न यस्ता कार्यक्रमले सहयोग पुग्ने बताइन् । कसरी हुन्छ नागरिकको समस्या समाधान गर्न सकियोस् भन्ने साेचेर गाउँपालिकाले काम गरेको रानाको भनाइ थियो ।

गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले उठेका बिषय बस्तुका बारेमा जिज्ञासा मेटाएका थिए । यश अगाडि पनि गापाले जामुने र थर्पुमा सार्वजनिक सुनुवाइ गरिसकेको छ ।

कार्यक्रममा शाखाका प्रमुखले अा अाफ्नाे शाखाको प्रगति प्रतिवेदन सार्वजनिक गरेका थिए । गाउँपालिका अध्यक्ष मायादेवी रानाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा ४ सय ४० वटा याेजना यश चाैमासिकमा चालू रहेको जानकारी गराइएको थियो ।

स्पिड साेलुसन नेपाल प्रालिकाे सहजिकरण तथा म्याग्दे गाउँपालिकाकाे अायाेजनामा भएको उक्त कार्यक्रमकाे कुमार कञ्चन जिसिले सञ्चालन गरेका थिए । कार्यक्रममा स्पिड साेलुसनका अध्यक्ष प्रेमबहादुर रावत, काेशाध्यक्ष बसुन्धरा घर्ती, बिन्दु श्रेष्ठ , संकर अधिकारी लगायतको उपस्थिति रहेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी