थर्पूमा अवरुद्ध पृथ्वी राजमार्ग नियमित

  • ख-
  • ख+

थर्पूः अविरल वर्षाका कारण पहिरो झरे पछि अवरुद्ध तनहुँको थर्पूस्थित पृथ्वी राजमार्गको यातायात नियमित बनेको छ ।


बिहान सवा ६ बजे गाउँपालिकाको भवन बनाउन लागिएको थर्पू प्रहरी चौकी नजिकै लेदो झरेका कारण दुवैतर्फ यातायात अवरुद्ध रहेकामा डोजर प्रयोग गरी हटाइएको थियो ।


पौने आठ बजेबाट यातायात आगमन नियमित बनेको तनहुँ उद्योग वाणिज्य संघ थर्पू बजार एकाई सभापति भीमलाल श्रेष्ठले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी