कोरोना संक्रमणः दिर्बु गाउँमा आवतजावत बन्द

  • ख-
  • ख+

गुणादी: म्याग्दे गाउँपालिका वडा नं १ स्थित दिर्बु गाउँमा आवतजावत बन्द गरिएको छ । वडा नम्बर १ का अध्यक्ष शिवशरण वाग्लेले गाउँमा संक्रमितको संख्या ह्वात्तै बढेपछि आँफुहरू गाउँमै पुगेर संक्रमितको अवस्था बुझेर फर्किएको बताए ।

‘गाउँमा पुर्ण रूपमा सिल गर्ने बारेमा भोलि बैठक बसेर सल्लाह गर्दैछौं,’ वाग्लेले भने ।

गाउँमा एकै परिवारका ५ जना सम्मलाइ संक्रमित भएको म्याग्दे गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख तिलक घिमिरेले जानकारी दिए । अघिल्लो रिपोर्ट र आजको रिपोर्ट ले ४५ जना संक्रिय संक्रमित रहेको घिमिरेले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी