‘धानमय म्याग्दे’

  • ख-
  • ख+

विकास खनाल
म्याग्दे :
अध्यक्ष मायादेवी रानाको हातमा धानको बीउ , उपाध्यक्ष बालकृष्ण घिमिरेको हातमा हल गोरू सँगै दाँदे । प्रमुख प्रशासकिय अधिकृत नारायणप्रसाद अधिकारीको हातमा पनि दाँदे , अन्य महिला कर्मचारी र पालिका सदस्यहरू रोपाहार र पुरूष कर्मचारी बाउसे !! १५ असारको उत्साहजनक सहभागीता । यता दहि चिउरा केरा खाजा बाड्ने र खाने भिड !


यस्तै रमाइलो र विशेष भयो म्याग्दे गाउँपालिकाको १५ असार कार्यक्रम । म्याग्दे गाउँपालिकाको आयोजनामा वडा नं ५ स्थित थाङ्दिमा धान दिवस एवम् रोपाइ महोत्सव मनाउदाका परिदृश्यहरू हुन् यी । ‘धान उत्पादनमा वृद्धि , खाद्य सुरक्षा , आत्मनिर्भरता र संमृद्धि’ नाराका साथ म्याग्देले रोपाइं महोत्सव मनाएको हो ।


गाउँपालिकाका अध्यक्ष मायादेवी रानाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा स्थानीयहरूको समेत उल्लेखनीय सहभागीता रहेको थियो । उक्त अवसरमा गाउँपालिकाकी कृषि शाखा प्रमुख आरती ढुङ्गानाले म्याग्देमा २० हजार रोपनी क्षेत्रफलमा धान लगाइएको बताइन् ।


‘यहाँ ३८ सय मेट्रिक टन धान फल्छ ढुङ्गानाले भनिन् , ‘त्यसमा पनि सावित्रि र राम धान बढि लगाउने गरिएको छ,’ उनले जानकारी दिइन् । वडा नम्बर १ , २ , ३ र ७ धानको पकेट एरिया भएको ढुङ्गानाले बताइन् । चैते धानको लागि भने वडा नँ ७ पकेट एरिया रहेको गाउँपालिकाका श्रीराम खनालले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी