माथिल्लो गुणादीमा मोटरसाईकल नालामा खस्दा चालक घाइते

  • ख-
  • ख+

दमौली :म्याग्दे गाउँपालिका-१ माथिल्लो गुणादी स्थित पृथ्वी राजमार्गमा मोटरसाईकल नालामा खस्दा चालक घाइते भएका छन् ।

थर्पुबाट दमौली तर्फ आइरहेको ग.१२ प २७३ नम्बरको मोटरसाईकल आफै अनियन्त्रीत भई सडकको बाँया पट्टि नालामा खस्दा भएको दुर्घटनामा मोटरसाईकल चालक म्याग्दे २ निवासी २३ वर्षका सन्दिप बिश्वकर्मा घाइते भएका छन् ।

उनको मुख र दाहिने हातमा चोट लागेको र रत्नहरि अस्पताल दमौलीमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी