गण्डकी प्रदेशका मुख्य न्याधिवक्ता रोहितराज बाँस्तोला

  • ख-
  • ख+

दमौलीः गण्डकी प्रदेशको मुख्य न्यायाधिवक्तामा उच्च अदालत बार एसोसिएसनका पूर्व अध्यक्ष अधिवक्ता रोहितराज बाँस्तोला नियुक्त भएका छन् ।


मुख्यमन्त्री र प्रदेश सरकारको प्रमुख कानुनी प्रतिरक्षक पदमा चर्चा चलेको केही समयपछि मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले नियुक्तिका लागि प्रदेश प्रमुख सीताकुमारी पौडेलसमक्ष सिफारिस गरेका थिए ।


उनको सिफारिस अनुसार बाँस्तोला सोमबारबाट सो पदमा नियुक्त भएका हु्न् । उनी २५ वर्षदेखि पोखरामा कानुन व्यवसाय क्षेत्रमा क्रियाशील बताइन्छ ।


यस अघि तनहुँका वरिष्ठ अधिवक्ता कमलामोहन वाग्लेको समेत सो पदमा चर्चा चलेको थियो । तर विभिन्न जिल्लाबाट आएको सिफारिसका आधारमा भौगोलिक सन्तुलन मिलाउन मुख्यमन्त्रीले पोखराकै अधिवक्ता रोजेको श्रोत बताउँछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी