
दमौलीः जनप्रतिनिधिहरुले तनहुँ जिल्लाका विकासे आयोजनाको अनुगमन गरेका छन् ।
निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम चालु आर्थिक वर्षमा संचालित आयोजनाहरुको स्थलगत अनुगमन समितिका संयोजक गण्डकी प्रदेश सभा सदस्य सरिता गुरुङको नेतृत्वमा गएको जिल्ला समन्वय समितिको टोलीले अनुगमन निरीक्षण गरेको हो ।
टोलीमा जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले, सदस्य एवम प्रवक्ता गल गुरुङसँगै स्थानीय तहका उप प्रमुख, प्राविधिक तथा उपभोक्ता सहभागी थिए ।
टोलीले आँबुखैरेनी र बन्दीपुर गाउँपालिका तथा व्यास नगरपालिकामा निर्मित आयोजनाको निरीक्षण अनुगमन गरेको हो ।
‘केहीमा बाहेक अधिकांशमा सन्तोषजक काम पायौं,’ जिल्ला समन्वय समिति तनहुँका प्रवक्ता गल गुरुङले अनुगमनको निष्कर्ष सुनाउँदै भने ।
टोलीले आँबुखैरेनीका अल स्टार क्लब भवन, ढकालटार चक्रपथ नाला निर्माण तथा बन्दीपुरको भुँडाटार खानेपानी योजना तथा बन्दीपुरको महिला विकास बहुउद्देश्यीय सहकारी भवन, गिरन्चौर खेलमैदान र निर्माणाधीन पातलेद्वार राम सीता मन्दिरको कार्य प्रगतिको निरीक्षण गरेको समन्वय समिति प्रवक्ता गुरुङले जानकारी दिए ।

यसैगरी, टोलीले व्यास १ का पहेलेकुवा मोटर मार्ग र चारकुने मोटर मार्गको समेत अनुगमन गरेको छ ।
‘सन्तोषजनक काम ’
अनुगमनका क्रममा काम सम्पन्न भएका ती योजनाका बारेमा सांसद तथा समन्वय पदाधिकारीले जिज्ञासा राखेका थिए । समग्रमा अधिकांशमा सन्तोषजनक काम पाएको समन्वय प्रवक्ता गुरुङले बताए । ‘केहीमा बाहेक अधिकांशमा सन्तोषजक काम पायौं,’ उनले अनुगमनको निष्कर्ष सुनाउँदै भने ।
कोभिडका समयमा पनि अधिकांशमा कार्य प्रगति अधिक पाइएको उनले बताए ।
तर बन्दीपुरको गिरानचौर खेल मैदान भने वर्षाले भासिएको पाइएको उनले बताए ।