तनहुँमा कोरोना संक्रमणमा किर्तिमानी रेकर्ड, संक्रमित र मृत्यु दुवै शून्य

  • ख-
  • ख+

दमौलीः तनहुँको कोरोना संक्रमणमा ऐतिहासिक रेकर्ड कायम भएको छ ।

कोरोनाको पहिलो र दोश्रो लहरका बेला पनि कहिल्यै नदेखिएको रेकर्ड तनहुँमा पछिल्लो २४ घण्टामा कायम भएको छ । २४ घण्टामा एक जना पनि संक्रमित भेटिएका छैनन् । यसैगरी, संक्रमणका कारण मृतक पनि भेटिएनन् ।


‘यो शुन्य रेकर्ड हो’ स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले भने । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार यस अवधिमा परीक्षण भने ११ जनाको भएको थियो ।

दोश्रो चरणको कोरोना संक्रमण लहरका क्रममा चार जनासम्ममा संक्रमण झरेको थियो ।
संक्रमण उक्लने र झर्ने क्रम चलिरहँदा सोमबार भने शून्य संक्रमणको किर्तिमान बनेको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्